Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

  • 375
    SHARES
  • घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० र चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको हो ।

    शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रहेकोमा आज ७०० रूपैयाँले घटेर प्रतितोला ९५ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रूपैयाँ छ । गत शुक्रबार प्रतितोला ९५ हजार ३००रूपैयाँ रहेको थियो ।

    आज चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेर १ हजार १६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    शुक्रबार चाँदीप्रति तोला ११ सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij