वेबटिभी खबर
काठमाडौं । काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ गोकर्णेश्वर नगरपालिका-६ स्थित सडकमा बा७६प १३५ नम्बरको स्कुटर र बाग्मती प्रदेश ०२-०१९प२४७६ नं को मोटरसाइकल एकआपसमा ठोकेर दुर्घटना हुँदा स्कुटर चालक शङ्खरापुर नगरपालिका-५ पालुवारी घर भएका ३५ वर्षीय बालकुमार कटुवालको शनिबारराति मृत्यु भएको हो ।
दुर्घटनामा सख्त घाइते भएका कटुवालको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एकजना र मोटरसाइकल चालकको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा र मोटरसाइकलमा सवार अर्का एक जनाको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij