वेबटिभी खबर
काठमाडौं । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले देशको आशा भरोसा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा मात्रै रहेको दाबी गर्दै भावी प्रधानमन्त्रीका रुपमा एमालेले उनलाई उभ्याएको बताएका छन् । एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा उभ्याउनुको कारण बताएका हुन् ।
उनले ओली एमालेको सबैभन्दा मूल्यवान सम्पति भएकाले पनि उनलाई जनतामाझ खडा गरेको बताए । कार्यक्रममा उनले ७५ वर्षको इतिहासमा ओलीको नेतृत्वको सरकारले जत्ति काम कसैले पनि नगरेको पनि दाबी गरे । यसकारण उनलाई विकास र निर्माणको संवाहक मान्दै एमालेले प्रधानमन्त्रीकाे रुपामा अघि सारेको बताए ।
उनले राष्ट्रियता र राष्ट्रवादमा ओलीजत्ति अरु कोही नउभिएको पनि बताए । कार्यक्रममा रिजालले कम्युनिष्ट आन्दोलनका निर्माता पनि ओली भएको दाबी गरे । अहिले कम्युनिष्ट आन्दोलनको कुरा गर्दा २०२८ साल अघि र पछि भनेर व्याख्या गर्नु पर्ने बेला आएको उनले बताए । झापा आन्दोलनको नेतृत्व ओलीले नै गरेको उनको भनाइ थियाे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij