Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

चोलेन्द्रको बयान : महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भइसक्यो

चोलेन्द्रको बयान : महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भइसक्यो

  • 334
    SHARES
  • चोलेन्द्रको बयान : महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भइसक्यो

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूविरूरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भइसकेको बयान दिएका छन् ।

    बुधबार प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिलाई बयान दिँदै उनले संसदमा आफूविरूद्ध दर्ता भएको महाअभियोग निष्क्रिय भइसकेको दाबी गरेका हुन् ।

    गत १ फागुनमा सत्तारूढ दलका सांसदहरूले विभिन्न आरोपसहित जबराविरूद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

    यसपछि प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बुधबार उनको बयान लिएको हो ।

    समितिलाई बयान दिनेक्रममा जबराले महाअभियोग स्वतः निष्क्रिय भएको र आफू संसदको सम्मानका लागि मात्र आएको जवाफ दिएका हुन् ।

    आफूलाई बयानमा बोलाउँदा संविधान र संसदको निमावली पालना नगरेको बताउँदै उनले महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको जिकीर गरे ।

    दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको दाबी गरेका जबराले यस्ता घटनाले न्यायपालिका कमजोर हुने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij