वेबटिभी खबर
काठमाडौं । दोल्ती पावर कम्पनीले साधारण शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले आइपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने तयारी गरेको हो ।
स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८ कित्ता शेयर बिक्री खुलाउने स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको आइपीओ बिक्री खुलाउन अनुमति मागेको छ ।
कम्पनीको शेयर बिक्री प्रबन्धक तथा निष्कासकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।
बोर्डले आइपीओ बिक्री गर्न अनुमति दिएलगत्तै पावरले बिक्री खुलाउनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij