वेबटिभी खबर
काठमाडौं । सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार तेस्रो दिन मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ ।
सोमबार प्रतितोला ९३ हजार ७०० रूपैयाँ कायम गरेको छापावाला सुनको मूल्य मंगलबार ९४ हजार रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ५०० रूपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ९३ हजार २०० रूपैयाँ रहेको थियो ।
यसैगरी महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर ११ सय २५ रूपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्य तोलामा ११ सय १५ रूपैयाँ रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij