Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

चरेससहित बैतडीबाट दुई भारतीय नागरिक पक्राउ

चरेससहित बैतडीबाट दुई भारतीय नागरिक पक्राउ

  • 339
    SHARES
  • चरेससहित बैतडीबाट दुई भारतीय नागरिक पक्राउ

    काठमाडौं । बैतडीबाट लागूऔषध चरेससहित प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    भारतको बिहारस्थित पश्चिम चम्पारणका २३ वर्षीय ताहिर आलम र २४  वर्षीय लालेश्वर चौधरीलाई लागूऔषध चरेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    मंगलबार राति ९ बजे गोठालापानी बजारबाट खटिएको प्रहरी टोलीले गोठालापानी शाहिलेक पक्की सडकखण्डको छेउबाट उनीहरूलाई पक्राउ गरेको हो ।

    उनीहरूको साथबाट पाँच सय मिलिग्राम चरेस फेला पारेको प्रहरीको भनाइ छ ।

    पक्राउ परेकालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij