Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सिरहा र धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते

सिरहा र धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते

  • 312
    SHARES
  • सिरहा र धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते

    काठमाडौं । सिरहा र धनुषामा मोटरसाइकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सिरहाको धनगढीमाई नगरपालिका-९ मुसहर्नियामा हिजो मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिदा ३ जना घाइते भएका हुन् ।

    घाइते हुनेमा साईकलयात्री धनगढीमाई नगरपालिका-११ का १९ वर्षिय सुरज मगर, साईकलमा पछाडी सवार २३ वर्षिय विष्णु महतो र मोटरसाइकल चालक धनगढीमाई नगरपालिका-५ जयपुरका २४ वर्षीय रुपेश कुमार यादव रहेका छन् ।

    घाइते तीन जनाको आरके मेडिसिटीमा उपचार भैरहेको छ । घाईते मध्ये मोटरसाइकल चालकको अवस्था गम्भिर रहेको छ । हिजो बेलुकी पौने ८ बजे बा ३१ प ८०१७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिएको इलाका प्रहरी कार्यालय धनगढी सिरहाले जानकारी दिएको छ ।

    यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका-२ भानुचोकमा गएराति मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिदा ३ जना घाइते भएका छन् ।

    घाइते हुनेमा पैदलयात्री जनकपुर उपमहानगरपालिका-१६ का रमेश चौधरी र उनका छोरा ८ वर्षिय आकाश चौधरी र मोटरसाईकल चालक सिरहाको सिरहा नगरपालिका-१२ का दिनेश कुमार यादव रहेका छन् ।

    घाइते तीन जनाकै धनुषा अस्पताल जनकपुरमा उपचार भैरहेको छ । घाइते मध्ये रमेशको अवस्था गम्भिर रहेको छ । गएराति ९ बजे प्रदेश २ ०१ ००३ प ६८५६ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो ।

    मोटरसाइकल नियन्त्रणमा रहेको वडा प्रहरी कार्यालय रेल्वेले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij