Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

१९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

१९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

  • 366
    SHARES
  • १९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

    धनुषा । सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारत विहार मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको हो ।

    शरीरको विभिन्न भागमा लुकाएर साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जाँच गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खड्काले जानकारी दिए ।

    उनले बरामद गरिएको १९.४१७ केजी चाँदीको १९ लाख ६४ हजार तीन सय ४० मूल्य बरावरको रहेको बताए । बरामद चाँदीसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij