Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

नेपालको कवाडी बजारमा भारतीय नागरिक

नेपालको कवाडी बजारमा भारतीय नागरिक

  • 380
    SHARES
  • नेपालको कवाडी बजारमा भारतीय नागरिक

    मोरङ । भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान संकलन गरिरहेका छन् ।

    फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कबाडी सामान संकलन गरिरहेका भेटिन्छन् । मोरङको सुन्दरहरैचा नगरपालिका क्षेत्रभित्र मात्रै दर्जनभन्दा धेरै कवाडी संकलन केन्द्र रहेका छन् ।

    सुनसरी इनरुवाका सञ्जय चौधरीको आरके कवाडी पसलमा छ कवाडी संकलक रहेका छन् । उक्त कवाडी पसलका व्यवस्थापक भारत विहारकै समी जैसवाल हुन् ।

    संकलकहरूले गाउँ शहरका विभिन्न भागबाट संकलन गरी ल्याएको कागज प्रतिकिलो २०, धातुजन्य सामान प्रतिकिलो ५५, गाडीका पुराना टायर दुई सय देखि पाँच सयसम्म र सिसाको बोतलप्रति ओटा डेढदेखि दुई रूपैयाँसम्ममा खरिद बिक्री गर्छन् ।

    यस्ता सामग्री उद्योगमा पुर्‍याएर प्रशोधन गरी पुनः प्रयोगमा ल्याइन्छ । गाउँगाउँमा गएर पुराना सामान संकलन गर्ने व्यक्ति नेपालमा पाउनै मुस्किल भएको  जैसवालले बताए ।राम्रो आम्दानी भए पनि यो पेसामा नेपालीको आकर्षण देखिँदैन ।

    भारत विहार घर भएका राकेश जैसवालका अनुसार बिहानैदेखि राम्ररी साइकलमा गाउँ घुम्दा दुई हजार पाँच सयसम्म आम्दानी हुन्छ । यहीँ पेसाले आफ्नो परिवार चलेको जैसवालको भनाइ छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij