Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

  • 256
    SHARES
  • ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

    ताप्लेजुङ । ताप्लेजुङको मौवाखोला गाउँपालिका-४ चाप्लिङ खोल्सामा गएराती ट्रयाक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ट्रयाक्टर चालक सोही गाउँपालिका-५ का ३१ वर्षीय पासाङ शेर्पा, ट्रयाक्टरमा सवार २४ वर्षीय फुर्वा शेर्पा, १७ वर्षीया लाकी शेर्पा र २२ वर्षीया सर्मिला शेर्पा रहेका छन् ।

    गएराती साढे १२ बजे तेलाबुङबाट काम्साङतर्फ फर्किने क्रममा अल्फाबेट नखुलेको ५६५५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij