Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कोरोना संक्रमितको गाउँपालिकामै उपचार

कोरोना संक्रमितको गाउँपालिकामै उपचार

  • 956
    SHARES
  • कोरोना संक्रमितको गाउँपालिकामै उपचार

    डोटी । जिल्लामा कोरोना संक्रमित दिनहुँ बढ्न थालेपछि उपचारमा सहज होस् भन्ने उद्देश्यले बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा भएका कोरोना संक्रमितलाई अब गाउँमै उपचार गर्ने भएको छ । 

    चिकित्सकसहित छ स्वास्थ्यकर्मीले कोरोना संक्रमितलाई गाउँपालिकामै उपचार सेवा दिन थालेका छन् । पालिकामा रहेको स्वास्थ्य कार्यालयमा कोभिड अस्पताल सञ्चालन गरी दश श्ययासहितको आइसोलेशन कक्ष तयार गरी कोरोना संक्रमितको उपचार गर्ने योजनाअनुसार उपचार कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए ।

    गाउँपालिकामै कोरोना संक्रमितको उपचार गर्ने जिल्लामा बडिकेदार पहिलो गाउँपालिका भएको अध्यक्ष चन्दको जिकिर छ । उनका अनुसार आइसोलेशनसमेत दश श्ययामा अक्सिजन सहितको व्यवस्था पनि मिलाइएको छ ।

    गाउँपालिकाले स्थापना गरेको अस्थायी कोभिड अस्पतालबाट कोरोना संक्रमितको उपचार प्रक्रिया सुरु भएको गाउँपालिकामा कार्यरत चिकित्सक डा सुरज श्रेष्ठले बताए ।

    गाउँमै कोरोना संक्रमितको उपचार गरिन थालेपछि संक्रमितलाई उपचारका लागि जिल्लाबाहिर लैजानुपर्ने समस्या समाधान भएको भन्दै स्थानीयवासी खुशी भएका बडिकेदार–१ का प्रकाश कलेलले जानकारी दिए ।

    अस्पतालले कोरोना संक्रमितको उपचार गर्न सुरु गरेपछि संक्रमित बढ्दै गए अक्सिजनको अभाव हुने भन्दै चिन्ता थपिएको डा श्रेष्ठले जानकारी दिए । 

    पालिकाले सञ्चालनमा ल्याएको उक्त कोभिड अस्पतालमा अहिले एक चिकित्सक, मेडिकल अधिकृत, एक हेल्थ असिसटेन्ट, एक अनमी, एक सिएमए र एक कार्यालय सहयोगी कार्यरत रहेको गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकामा कूल १३ कोरोना संक्रमित रहेकामा १२ को होम आइसोलेशन तथा एक जनाको कोरोना अस्पतालमा उपचार भइरहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरिमा हालसम्म कूल ४२१ जनामा कोरोना संक्रमण भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij