Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

अर्जेन्टिनालाई पराजित गरेको खुसीयालीमा साउदी अरेबियामा राष्ट्रिय बिदा

अर्जेन्टिनालाई पराजित गरेको खुसीयालीमा साउदी अरेबियामा राष्ट्रिय बिदा

  • मंसिर ७, २०७९ बुधवार ०८:०७ बजे
  • 403
    SHARES
  • अर्जेन्टिनालाई पराजित गरेको खुसीयालीमा साउदी अरेबियामा राष्ट्रिय बिदा

    रियाद । फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि साउदी अरबमा राष्ट्रिय बिदा घोषणा गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

    साउदी अरेबियाका राजा सलमानले बिहीबार सरकारी र निजी कर्मचारीलाई बिदा दिने घोषणा गरेका हुन् । विद्यालयहरु पनि बन्द रहनेछन् ।

    साउदी अरेबियाको सामान्य मनोरन्जन प्राधिकरणका प्रमुख टर्की अल–शेखले एक दिन थिम पार्क र मनोरन्जन केन्द्रहरूमा निःशुल्क प्रवेश दिइने घोषणा गरे । 

    मंगलबार दोहाको लुसेल स्टेडियममा भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१  पराजित गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # साउदी अरेबिया

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij