वेबटिभी खबर
काठमाडौं । कोपा इटालियाको गएराति सम्पन्न फाइनल खेलमा एटलान्टालाई हराउँदै युभेन्टसले उपाधि जितेको छ ।
सो खेलमा एट्लान्टामाथि २-१ गोलअन्तरको सहज जित निकाल्दै युभेन्टसले कोपा इटालियाको उपाधि जितेको हो ।
डेजन कुलुभेभ्स्कीको गोलमा ३१ औं मिनेटमा युभेन्टसले अग्रता बनाएको थियो । तर ४१ औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गोल फर्काउँदै पहिलो हाफमा १-१ को बराबरीमा रोकियो ।
दोस्रो हाफमा युभेन्टसका लागि फेडेरिको किएजाले गोल थपे । उनले ७३ औं मिनेटमा गरेको गोल नै युभेन्टसको जितका लागि निर्णायक बन्यो ।
उता खेलमा पुनरागमनका लागि भरपुर प्रयास गरेको एटलान्टाका राफेल टोलोइ ८८ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिँदा एटलान्टा अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो ।
यो खेल ४३ सयभन्दा बढी दर्शकहरुका बीच खेलाइएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij