Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

मौसम : यी प्रदेशमा बदलीको सम्भावना

मौसम : यी प्रदेशमा बदलीको सम्भावना

  • 298
    SHARES
  • मौसम : यी प्रदेशमा बदलीको सम्भावना

    काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १, मधेश, बागमती र लुम्बिनीमा आंशिक बदली रहेको छ ।

    दिउँसो प्रदेश १, मधेश र गण्डकीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको सम्भावना छ ।

    बुधबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।

    तराईका केही भूभागमा बिहानीपख हुस्सु लाग्न थालेको छ । देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गएको छ ।

    चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij