वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मत प्राप्त गरेर विजयी भएपनि अब आमनागरिकको मन जित्न जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले अब जनताको मन जित्ने गरि काम गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नेता पौडेलले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी रहेको समेत बताए ।
नेता पौडेलले अबको ५ वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने,स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाचा पूरा गर्नु आफ्नो प्राथमिकता हुने दाबी गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij