वेबटिभी खबर
काठमाडौं । सत्ता गठबन्धनभित्र मन्त्रालय भागबन्डाबारे अझै सहमति जुट्न सकेको छैन । सोमबार अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
यसअघि मन्त्रालय भागबन्डा गर्न गठबन्धन आबद्ध सात दलको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा मन्त्रालय भागबन्डा गर्ने विषयमा सहमति भइसकेको छैन ।
मन्त्रालय भागबन्डा गर्ने विषयमा कुरा भइरहेको छ । सहमति जुटिसकेको छैन । शपथ लिन जानुअघि सहमति हुने पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का डा.बाबुराम भट्टराईले बताए ।
सत्तारूढ दल राप्रपामा सरकारमा नजाने भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij