Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

आज देशभर मौसम सफा हुने, जिरीकाे तापक्रम सबैभन्दा कम

आज देशभर मौसम सफा हुने, जिरीकाे तापक्रम सबैभन्दा कम

  • 220
    SHARES
  • आज देशभर मौसम सफा हुने, जिरीकाे तापक्रम सबैभन्दा कम

    काठमाडौं । देशभर आजको मौसम सामान्यतया सफा हुने भएको छ । प्रदेश १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा हुने भएको हो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ कै हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । रातको समयमा पनि सोही मौसमी प्रणाली कायम हुनेछ । 

    हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सफा रहेको विभागले जनाएको छ ।
     
    महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.८ र अधिकमत तापक्रम १८.५डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस एक दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij