Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सशस्त्र प्रहरीले पक्रियाे लाेडेड पेस्तोल बोकेका भारतीय नागरिक  

सशस्त्र प्रहरीले पक्रियाे लाेडेड पेस्तोल बोकेका भारतीय नागरिक  

  • 429
    SHARES
  • सशस्त्र प्रहरीले पक्रियाे लाेडेड पेस्तोल बोकेका भारतीय नागरिक  

    काठमाडौं । गोली लोडेड पेस्तोल कम्मरमा बाँधेर हिडेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले आइतबार बारा जिल्लाको सीमा क्षेत्रमा पर्ने पचरौता नगरपालिका–४ बाट पक्राउ गरेको छ । 

    भारतको पूर्वीचम्पारणको मोतिहारी घर भएका ४० वर्षीय चन्दन कुमारको साथबाट पेस्तोल र सात राउण्ड गोली बारामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणले जनाएको छ ।

    भारतबाट नेपालतर्फ आउँदै गरेका उनको अवस्था केही शंकास्पद देखिएपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले तलासी लिएको थियो । उनको साथमा तीन राउण्ड गोली लोड गरिएको मोडल नम्बर २०२२ आरएफईको एउटा पेस्तोल तथा सोको १ वटा म्याग्जिन र होस्टाईलभित्र राखेको ४ राउण्ड गोलीसमेत फेला पारेको हो ।

    Pestol.gif
    भारतीय नागरिक चन्दन कुमारकाे साथबाट बरादम पेस्ताेल, गाेली, नगद र अन्य सामान

    साथै उनको साथमा ११ हजार २ सय ७० भारतीय रुपैयाँ, ३ वटा भारतीय आधार कार्ड र एउटा मोवाईल सेट बरामद भएको छ । 
    पक्राउ परेका चन्दन कुमारलाई बरामद गरिएको पेस्तोल, गोली तथा म्याग्जिन र अन्य सामानसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सिमरनगढ बारामा बुझाइएको छ । 

    पुस ८ गते महागढी नगरपालिका २ भुटहीमा मोटरसाइकलमा आएका अज्ञात समूहले भारत घर भएका ५० वर्षीय शिवपुजन प्रसाद यादवलाई गोली हानी फरार भएका थियो । सो घटनापछि सीमा क्षेत्रमा सशस्त्र प्रहरीले चेकजाँचमा कडाई गर्दै अएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij