Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

इन्टर मिलानको शानदार जित

इन्टर मिलानको शानदार जित

  • फाल्गुण १७, २०७७ सोमवार ०७:१८ बजे
  • 594
    SHARES
  • इन्टर मिलानको शानदार जित

    काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले जिनोआविरूद्ध शानदार जित हात पारेको छ ।

    घरेलु मैदानमा भएको आइतबार रातिको खेलमा इन्टरले जिनोआलाई ३-० गोलले पराजित गर्‍यो ।

    इन्टरलाई जित दिलाउन रोमेलु लुकाकु, माटियो डारमेन र एलेक्सिस सान्चेजले एक एक गोल गरे ।

    जितसँगै इन्टरले २४ खेलबाट ५६ अंक जोडेको छ । दोस्रो स्थानको एसी मिलानभन्दा इन्टर ७ अंकले अघि छ ।

    जिनोआ २६ अंकसहित १३औँ स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # इन्टर मिलान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij