वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गर्नु अत्यन्त महत्त्वपूर्ण र स्वागतयोग्य भएको बताएका छन् ।
आज मंगलबार प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रक्रिया प्रतिनिधिसभामा चलिरहँदा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले ट्वीटर मार्फत् कांग्रेसको निर्णयको स्वागत गरेका हुन् ।
‘कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गर्नु अत्यन्त महत्त्वपूर्ण र स्वागतयोग्य छ,’ डा.भट्टराईले भनेका छन्,‘अब प्रम प्रचण्डले उहाँको (हाम्रो!)पहिलो कार्यकाल२०६५/६६मा टुटेको कडीलाई जोड्दै कांग्रेससहितको राष्ट्रिय सरकार बनाएर शान्तिप्रकृयालगायत ऐतिहासिक काम पूरा गर्नुहुनेछ भन्ने हार्दिक शुभकामना !’
डा.भट्टराई नेतृत्वको नेसपा पनि सत्ता घटककै एक दल हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij