Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सशस्त्र प्रहरीका ९७ एसपीको सरूवा

सशस्त्र प्रहरीका ९७ एसपीको सरूवा

  • 399
    SHARES
  • सशस्त्र प्रहरीका ९७ एसपीको सरूवा

    काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ)का ९७ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ। एपिएफ प्रधान कार्यालय हलचोकले बिहीबार राति ९७ जना एसपीको सरूवा गरेको हो। 

    अहिलेको सरूवा पूर्वानुमान सूचीअनुसार नै गरिएको एपिएफका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरूषोत्तम थापाले जानकारी दिए। गत कात्तिक १५ गते एपिएफको कर्मचारी प्रशासन शाखाले एसपीको सम्भावित सरूवा सूची प्रकाशन गरेको थियो । त्यसअनुसार नै अहिले एसपीको सरूवा भएको हो ।

    सरूवामा एक पटक पनि कमान्डको जिम्मेवारी प्राप्त नगरेका एसपीलाई पहिलो प्राथमिकतका कार्यालयमा सरूवा गरिएको छ। रिजर्भ गण र तालिम शिक्षालयहरूमा कमाण्ड गरेका एसपीलाई दोस्रो प्राथमिकतामा राखेर सरूवा गरेको प्रधान कार्यालयले जनाएको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij