Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पेस्तोल र ६ राउण्ड गोलीसहित दुईजना पक्राउ

पेस्तोल र ६ राउण्ड गोलीसहित दुईजना पक्राउ

  • 256
    SHARES
  • पेस्तोल र ६ राउण्ड गोलीसहित दुईजना पक्राउ

    सुनसरी । इटहरी उपमहानगरपालिका-१२ खनारबाट १ थान चाइनीज पेस्तोल र सोही पेस्तोलमा लाग्ने गोली ६ राउण्डसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय सुजित मगरार्ती माझी र सोही उपमहानगरपालिका-१० बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

    इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त हतियार र प्र-१-०२-०४३ प ६८९७ नम्बरको मोटरसाइकलसहित बुधबार राति फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij