Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अखिल नेपाल महिला संघ (समाजवादी) को राष्ट्रिय सम्मेलन हुँदै

अखिल नेपाल महिला संघ (समाजवादी) को राष्ट्रिय सम्मेलन हुँदै

  • 364
    SHARES
  • अखिल नेपाल महिला संघ (समाजवादी) को राष्ट्रिय सम्मेलन हुँदै

    काठमाडौं । अखिल नेपाल महिला संघ (समाजवादी)ले आगामी जेठ महिनामा राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने भएको छ ।

    संगठनकी अध्यक्ष जयन्ती राईको अध्यक्षतामा बसेको बैठकले आगामी चैत महिनामा सबै प्रदेश सम्मेलन तथा आगामी फागुन मसान्तभित्र संगठनको जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको हो ।

    फागुन १५ गतेभित्र संगठनका सबै गाउँ तथा नगर सम्मेलन सम्पन्न गरिनेछ । राष्ट्रिय सम्मेलन अगाडि संगठनको नियमित बैठक गर्ने, संगठित नेता-कार्यकर्तालाई प्रशिक्षित गराउने, महिलामाथि समाजमा विद्यमान हिंसा र भेदभाव अन्त्यका लागि महिलाहरूलाई जागरुक बनाउने, सदस्यता प्रदान गर्ने, नवीकरण गर्ने, संगठनको सदस्यता र कमिटीहरूको तथ्यांक अद्यावधिक गर्ने र संगठन परिचालनको कामलाई महत्वका साथ सञ्चालन गरिनेछ ।

    संगठनको सदस्यता वितरणलाई प्रभावकारी बनाउने र सोको तथ्यांक अद्यावधिक गर्ने, संगठनका सबै तहका समितिहरूले सम्मेलन अवधिसम्म अनिवार्य रूपले प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, सबै समिति र विभागले आफ्ना सबै पदाधिकारी तथा सदस्यलाई जिम्मेवारी तथा दायित्व तोकेर प्रत्येक महिना सम्बन्धित समितिमा बुझाउने व्यवस्था गर्ने, जनप्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, महिला हिंसा भएका घटनामा जिल्ला तहको उपस्थिति गराउने र पीडितको पक्षमा लागेर आवश्यक सहयोग गर्ने, केन्द्रीय विभागलाई पूर्णता दिने, मुखपत्र र आगामी वर्षका लागि क्यालेन्डर प्रकाशन गर्ने उपाध्यक्ष तथा संगठन विभाग प्रमुख सावित्रा भुसालले जानकारी दिइन् ।

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णय र यसअघि पार्टीले जारी गरेको अन्तरसंगठनको निर्देशनबमोजिम सबै जनसंगठन पुनःगठन गर्नुपर्ने भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij