Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

प्रदेशको नामकरण नहुँदा लज्जाबोध भइरहेको छ : मुख्यमन्त्री कार्की

प्रदेशको नामकरण नहुँदा लज्जाबोध भइरहेको छ : मुख्यमन्त्री कार्की

  • 281
    SHARES
  • प्रदेशको नामकरण नहुँदा लज्जाबोध भइरहेको छ : मुख्यमन्त्री कार्की

    झापा । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताएका छन् ।

    नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९औँ जिल्ला सभा अधिवेशनमा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई जनतामुखी बनाउन आफू लागिपरेको बताएका हुन् ।

    मुख्यमन्त्री कार्कीले भने, ‘मैले कार्यभार सम्हालेपछि पहिलो बैठकमै नौवटाभन्दा बढी मन्त्रालय नबनाउने निर्णय गरेको छु ।’ प्रदेश सरकार सञ्चालनका लागि सातभन्दा बढी मन्त्रालय आवश्यक नभएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

    प्रदेश सरकारप्रति सकारात्मक आलोचनाको समेत गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरे । प्रदेश सरकारको संचरना बनाउने कामसमेत बाँकी रहेकाले संरचना बनाउने काम अघि बढाइएको उनले जानकारी दिए ।

    मुख्यमन्त्री कार्कीले छिट्टै प्रदेशको नामकरण गरिने बताए । ‘पाँच वर्षसम्म प्रदेशको नामकरण हुन सकेन’, उनले भने, ‘प्रदेशको नामकरण हुननसक्दा मलाई लज्जाबोध भइरहेको छ।’ प्रदेशको नामकरणका लागि सबैको सुझाव, सल्लाह आवश्यक रहेकोसमेत उनले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij