वेबटिभी खबर
काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा आइतबारको सुनुवाइ सुरु भएको हो ।
अधिवक्ताहरुले संवैधानिक इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठबारे प्रश्न उठाउने तयारी थालेका छन् ।
न्यायाधीश श्रेष्ठ तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने २३ फागुनको फैसला गर्ने दुई न्यायाधीशमध्ये हुन् ।
शुक्रबार सुनुवाइकै समयमा अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठले इजलास छोड्नुपर्ने धारणा राखेपछि विवाद बढेपछि आइतबा (आज) लाई सुनुवाई सारिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij