Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नेपाल एयरलाइन्स डुबेको हेरेर बस्न सक्दिनँ : मन्त्री किराती

नेपाल एयरलाइन्स डुबेको हेरेर बस्न सक्दिनँ : मन्त्री किराती

  • 294
    SHARES
  • नेपाल एयरलाइन्स डुबेको हेरेर बस्न सक्दिनँ : मन्त्री किराती

    विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्स डुबेको आफूले हेरेर बस्न नसक्ने बताएका छन् ।

    सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले नेपाली जहाजहरू नाफामा चल्नुपर्ने भन्दै नेपाल एयरलाइन्स डुबेको हेरेर आफू बस्न नसक्ने बताएका हुन्।

    नेपाली जहाजहरू दैनिक न्यूनतम १५ घण्टा चल्नुपर्ने बताएका उनले नेपालमा बनेका विमानस्थल पूर्णरूपमा चलाउन कार्ययोजना मागेको बताए । अर्बौं रूपैयाँको लगानीमा बनेका विमानस्थललाई प्रयोगविहीन हुन दिन नहुने भन्दै उनले विमानस्थल सञ्चालनका लागि नीतिगतरूपमा पहल गर्ने जानकारी दिए ।

    अन्तर्राष्ट्रिय उडान र रुटको कूटनीतिक पहल सुरु गरेको जानकारी दिएका उनले नयाँ जहाज किन्ने बारेमा आफूलाई कुनै पनि जानकारी नभएको दाबी गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij