Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

राज्य शक्तिको स्रोत जनता मात्र हुन् : मुख्यमन्त्री कार्की

राज्य शक्तिको स्रोत जनता मात्र हुन् : मुख्यमन्त्री कार्की

  • 285
    SHARES
  • राज्य शक्तिको स्रोत जनता मात्र हुन् : मुख्यमन्त्री कार्की

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य शक्तिका स्रोत जनता मात्र भएको बताएका छन् । प्रदेशस्तरीय मूल समारोह समितिद्वारा ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस-२०७९ का अवसरमा आज आयोजित कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

    मन्त्री कार्कीले मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्ने जनाउँदै जनताको संघर्ष तथा वीर सहिदको बलिदानबाट स्थापित भएको प्रजातन्त्र आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय रहेको जनाए ।

    उनले प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शन स्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था अंगिकार गरेको छ भन्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

    मन्त्री कार्कीले भने, ‘संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्नुपर्छ, सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु हामी सबैको साझा दयित्व हुन् ।’

    मुख्यमन्त्री कार्कीले सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्न सकोस् भनेर शुभकामना दिए ।

    कार्यक्रम प्रारम्भ हुनु आगाडि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश नं १ विराटनगर कार्यालयबाट निस्किएको प्रभातफेरीमा विभिन्न मन्त्रालयका मन्त्री, प्रदेश सरकारका उच्चपदस्थ कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, विद्यार्थी, सञ्चारकर्मी सम्मिलित जुलुसले नगरको परिक्रमा गरी पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij