Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मिथिला माध्यमिक परिक्रमा सुरु

मिथिला माध्यमिक परिक्रमा सुरु

  • 240
    SHARES
  • मिथिला माध्यमिक परिक्रमा सुरु

    फाइल तस्बिर

    जनकपुरधाम । विश्वको सबैभन्दा लामो पदयात्राको रूपमा रहेको १५ दिने मिथिला माध्यमिक परिक्रमा सोमबारबाट विधिवत् रूपमा सुरु भएको छ । नेपाल र भारतबीचको धार्मिक सांस्कृतिक एवं पारस्परिक सदभावको यस धार्मिक परिक्रममालाखौ लाख  श्रद्धालुभतनहरूको सहभागिता रहेको छ ।

    १५ दिनसम्म चल्ने यो धार्मिक तथा ठूलो परिक्रमा सोमबार सुरु भई २३ फागुन सम्पन्न हुनेछ । प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट माताजानकी र कचुरी मठबाट भागवान रामको डोला लिएर यो यात्राको शुभारम्भ भएको हो ।

    नेपालको ११५ किलोमिटर र भारतको २८ गरि १४३ किलोमिटर परिक्रममा साधुसन्त तथा धर्मावलम्बीहरुको १५ वटा विश्राम स्थल राखिएको छ ।

    १५ वटै विश्राम स्थलमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले ६ लाख ५० हजार खर्च प्रत्येक विश्राम स्थलमा घुम्ती शौचालय, बिजुली, खानेपानि, स्वास्थ्य शिविरलगायतका व्यवस्था गरेको अध्यक्ष शीतल साहले बताए ।

    परिक्रममा पहिलो दिन जनकपुरधामको हनुमान नगरमा विश्राम गरि भोलिपल्ट भारतको विहार राज्यस्थित कल्याणेश्वर, क्रकश, गिरिजा स्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुव कुण्ड कञ्चवन, प्रर्वा धनुषाधाम, सतोषर, औहरी, करुण, बिसौल, विश्राम गरि १५औँ दिन सो परिक्रममा जनकपुर आएर समाप्त हुने गर्छन् ।

    भोलिपल्ट अर्थात् फागुन २३ गते अन्तरगृह परिक्रममा गरि होली पर्व मनाउने चलन छ ।

    मिथिलाको महाकुम्भ भनेर प्रख्यात रहेको यो धार्मिक परिक्रममा लाखौँको संख्यामा साधुसन्त, भक्तजनहरुको सहभागिता हुने गरेको छ । उनीहरुलाई स्थानीयवासीले खाने बस्ने सम्पूर्ण व्यवस्था गरेको पाइन्छ भने कतिपय धर्मावम्बीहरू आफैँ घरबाट खाद्यान्न समाग्री बोकेर सहभागी हुने गर्छन् ।

  • सम्बन्धित विषय:

  • # मिथिला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij