Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कांग्रेस महामन्त्री शर्माको प्रस्ताव– शेरबहादुर देउवालाई राष्ट्रपति बनाऔं

कांग्रेस महामन्त्री शर्माको प्रस्ताव– शेरबहादुर देउवालाई राष्ट्रपति बनाऔं

  • 384
    SHARES
  • कांग्रेस महामन्त्री शर्माको प्रस्ताव– शेरबहादुर देउवालाई राष्ट्रपति बनाऔं

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार छनोटको गृहकार्य भइरहँदा शर्माले सो प्रस्ताव गरेका हुन् ।

    महामन्त्री शर्माले बुधबार साँझ ट्वीटरमा लेखेका छन्, ‘सभापतिलाई राष्ट्रपति बनाएर वरिस्ठ नेतालाई संसदीय दलको नेता, उपसभापतिलाई कार्यवाहक । दलीय दृष्टिले मेरो प्रस्ताव उचित ।’

    शर्माले मुलुकको कार्यकारी प्रमुख बनिसकेका कसैलाई पनि राष्ट्रपति बनाउनु अनुपयुक्त हुने टिकाटिप्पणी पनि ठिक भएको बताएका छन् । उनले ट्वीटरमा थप लेखेका छन्, ‘तर कार्यकारी बनिसकेका कसैलाई पनि राष्ट्रपति बनाउनु अनुपयुक्त, साथीहरूको यो विश्लेषण बढी परिपक्व छ ।’

    उनले आफ्नो बुझाइ नै अन्तिम सत्य रहने भ्रममा आफू कहिल्यै नरहने पनि बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij