Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

प्रियंका गान्धीको स्वागतमा २ किमी लामो गुलाबको सडक

प्रियंका गान्धीको स्वागतमा २ किमी लामो गुलाबको सडक

  • 267
    SHARES
  • प्रियंका गान्धीको स्वागतमा २ किमी लामो गुलाबको सडक

    भारत । भारतीय कांग्रेस आईकी नेतृ प्रियंका गान्धीलाई करिब २ किलोमिटरसम्म गुलाबको फूलका सडक बनाएर सजाएर स्वागत गरिएको छ ।

    वाड्रा पार्टीको तीन दिने ८५औं अधिवेशनमा भाग लिन शनिबार छत्तीसगढको नयाँ रायपुर पुग्दा उनका समर्थकले २ किलोमिटरसम्म सडकमा गुलाब बिच्छयाएर स्वागत गरेका हुन ।

    उनीहरूका अनुसार गान्धीको स्वागतमा ६ हजार किलोभन्दा बढी गुलाबको फूल प्रयोग गरिएको थियो ।

    प्रियंकाको स्वागतका लागि एयरपोर्ट अगाडिको सडकमा गुलाफको फूलको बाक्लो तह बिछ्याइएको थियो । गुलाब फूलले सजिएको सडकका दुबै छेउमा परम्परागत भेषभुषामा सजिएका लोक कलाकारहरुले पनि आफ्नो प्रस्तुति प्रस्तुत दिएका थिए ।

    गान्धी मुख्यमन्त्री बघेलसँगको कारमा एयरपोर्टबाट निस्किएकी थिइन् । छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल, प्रदेश कांग्रेस प्रमुख मोहन मरकम र अन्य पार्टी नेताहरूले प्रियंका गान्धी वाड्रालाई स्वागत गरेका छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij