Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

१ करोड मूल्य बराबरको गहनासहित तीन भारतीय नागरिक पक्राउ

१ करोड मूल्य बराबरको गहनासहित तीन भारतीय नागरिक पक्राउ

  • 230
    SHARES
  • १ करोड मूल्य बराबरको गहनासहित तीन भारतीय नागरिक पक्राउ

    चितवन । चितवन प्रहरीले सुन र हिरा गरगहनाकासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार राति एक करोड १० लाख मूल्य बराबरको सुन र हिरा जडित गरगहनासहित तीन जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा कार चालक भारतको उत्तर प्रदेश राज्यको बलिया जिल्ला फेफना थानाका ४२ वर्षीय विनोद प्रसाद, कारमा सवार भारत पश्चिम बंगाल राज्यको हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ताका ५१ वर्षीय गणपत कुमार तोसावर र सोही स्थानका ४२ वर्षीय नरेश बर्मा रहेका छन ।

    उनीहरूको साथबाट प्रहरीले ६३.८९८ तोला सुन र २२.८७८ तोला हिराजडित तयारी अवस्थाका गरगहना बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतीय कारबाट अवैध ढंगले गरगहना ओसारपसार हुन लागेको सूचनाका आधारमा जाँच गर्दा डब्लुबी१२एभी५५६६ नम्बरको कारबाट ती सामग्रीहरू फेला परेका हुन ।

    प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा रहेको टोलीले मंगलबार राती एक बजे भरतपुर महानगरपालिका वडा नं १२ गोन्द्राङमा चेकजाच गर्दा अवैध गहना फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको छ । बरामद गहनासहित उनीहरूलाई पथलैयामा रहेको राजश्व अनुसन्धान कार्यालयमा पठाइएको चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले बताए ।

    कारको ड्राईभर बस्ने सिटको पछाडिपट्टीको सिटमुनी, गियर बक्स भित्र र एयर फिल्टर भित्र ब्लुकाई छिपाई ल्याएको गरगहना बरामद गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरी जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij