Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मोलुङ हाइड्रोपावरको आईपीओ गोलाप्रथाबाट शुक्रबार बाँडफाँट हुने

मोलुङ हाइड्रोपावरको आईपीओ गोलाप्रथाबाट शुक्रबार बाँडफाँट हुने

  • 325
    SHARES
  • मोलुङ हाइड्रोपावरको आईपीओ गोलाप्रथाबाट शुक्रबार बाँडफाँट हुने

    काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुँदैछ । यसमा मागभन्दा ७.३२ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने कम्पनीले जनाएको छ ।

    उक्त आईपीओमा कुल १ करोड ६५ लाख ९० हजार १७० कित्ताको लागि १४ लाख ८७ हजार ५८४ जनाले आवेदन दिएका छन । जसअनुसार २ लाख २६ हजार ४६५ जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी रहेका १२ लाख ६१ हजार ११८ जनाको हात खाली हुनेछ।

    मोलुङले फागुन ४ गतेदेखि १० गतेसम्म २७ करोड २८ लाख ५० हजार रूपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ७२ हजार ८५० कित्ता पहिलै निष्कासन गरिसकेको थियो ।

    यस्तै सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता र कर्मचारीहरूका लागि ५४ हजार ५७० कित्ता शेयर छुट्याइएको थियो । बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।

    मोलुङको आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । आईपीओ आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा शुक्रबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij