वेबटिभी खबर
रुपन्देही । रुपन्देही प्रहरीले होलीमा हुने उच्छृंखल गतिविधि रोक्न सुरक्षा व्यवस्थालाई कडा बनाएको छ ।
होलीमा व्यवस्थितसभा तथा कार्यक्रमहरू गरी भीडभाड गर्ने, जबरजस्ती रंग तथा पानीका लोला हान्ने, गहना लुट्ने जस्ता उच्छृंखल गतिविधि हुने हुदाँ उक्त कार्य रोक्न प्रहरीले सुरक्षा व्यवस्था कडा गरेको हो ।
त्यसका लागि होलीलाई लक्षित गर्दै १२ सय प्रहरी परिचालित भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार प्रहरीका मोबाइलहरू चलायमान बनाउने, आवश्यक्ताअनुसार चेकप्वाइन्टहरू थप्दै जाने र उच्छृंखल गतिविधि गर्नेहरूलाई कारवाहीको दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको जनाएको छ ।
यस्तै मदिराको उत्पादन र प्रयोग पनि बढ्न सक्ने हुँदा त्यसमा पनि मातहतका प्रहरी युनिटहरूलाई सचेत गराईएको छ ।
कार्यालयका प्रहरी उपरिक्षक भरतबहादुर विकले कुनै किसिमको असहज परिस्थिती हुन नदिन सबै प्रहरी युनिटहरूबिचको समन्वय र सहकार्यले मात्र शान्ति सुरक्षामा खलल नपुग्ने बताए । उनका अनुसार शान्ति सुरक्षामा असर पुर्योउने,ट्राफिक नियम उल्लंघन गर्ने तरुन्त कारबाही गरिने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij