Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

होली मौलिक विशेषतायुक्त संस्कृति : बाग्मती प्रदेश प्रमुख शर्मा

होली मौलिक विशेषतायुक्त संस्कृति : बाग्मती प्रदेश प्रमुख शर्मा

  • 259
    SHARES
  • होली मौलिक विशेषतायुक्त संस्कृति : बाग्मती प्रदेश प्रमुख शर्मा

    काठमाडौं । बाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले होली पर्वले राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्ने बताएका छन् ।

    होलीका अवसरमा शुुभकामना व्यक्त गर्दै उनले भने, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक तथा विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्दछ ।’

    होली पर्व हाम्रो मौलिक विशेषतायुक्त संस्कृति भएकाले यसको संरक्षण तथा सम्वर्द्धन गर्नसके राष्ट्रिय गौरवको धरोहर जगेर्ना हुने उनले विश्वास व्यक्त गरेका छन् ।

    होलीलाई खुसी र सद्भावको पर्वका रूपमा मनाउनुपर्नेमा प्रमुख शर्माको जोड छ । उनले भने, ‘फागुलाई आपसी खुसी र सद्भावको पर्वका रुपमा ग्रहण गर्दै अनुशासित ढंगबाट हामीले मनाउनुपर्दछ ।’

  • सम्बन्धित विषय:

  • # होली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij