वेबटिभी खबर
काठमाडौं । बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि फागुन १८ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३ करोड रुपैयाँको ३२।३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो । प्रतिशेयर १ सय अंकित मूल्यमा ९७ हजार कित्ता शेयर निष्कासन गरेको हो ।
सोमध्ये बैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता शेयर निष्कासन गरिसकेको छ भने कर्मचारीहरुका लागि १ हजार ५०० कित्ता शेयर र सामूहिक लगानी कोषका लागि ४ हजार ८५० कित्ता सुरक्षित गरिएको छ ।
बाँकी ८० हजार ९५० कित्ता शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । उक्त आईपीओमा लगानीकर्ताले आज कार्यालय समयभित्रमा आवेदन दिन सक्नेछन् । यस लघुवित्तमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । यस कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आईपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij