Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पहाडी भू-भागका केशी स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

पहाडी भू-भागका केशी स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

  • 284
    SHARES
  • पहाडी भू-भागका केशी स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। 

    देशका  पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै तराईका एक-दुई स्थानमा समेत  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

    भोलि बुधबार कोशी प्रदेश लगायत बाग्मती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्णतिर मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    बिहिबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका  एक-दुई स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित  हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij