Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

पार्टी ह्विपको ठाडो उल्लंघन गर्दै अन्ततः बस्यो नेपाल पक्षको केन्द्रीय कमिटी बैठक

पार्टी ह्विपको ठाडो उल्लंघन गर्दै अन्ततः बस्यो नेपाल पक्षको केन्द्रीय कमिटी बैठक

  • 1.2K
    SHARES
  • पार्टी ह्विपको ठाडो उल्लंघन गर्दै अन्ततः बस्यो नेपाल पक्षको केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेले जारी गरेको ह्विपको ठाडो उल्लंघन गर्दै वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक बसेको छ । जेठ ११ गते पार्टीबाट निष्कासित नेता नेपाल पक्षका केन्द्रीय कमिटीका नेताहरुको बैठक बसेको हो । 

    पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार (आज) बिहानै प्रेस वक्तव्यमार्फत पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन नेताहरुलाई सूचित गरेका थिए ।

    भर्चुअल माध्यममार्फत १२ बजेदेखि जारी केन्द्रीय कमिटीको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरू पनि सहभागी छन् ।

    पार्टीलाई २ जेठ ०७५ मा फर्काउन अध्यक्ष केपी शर्मा ओलीपक्षसँग वार्तामा रहेका उनीहरू पार्टी निर्देशनविपरीत सहभागी भएको भन्दै नेपाल पक्षभित्रै मतभिन्नता देखिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij