Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सोलुखुम्बुमा पाँच वर्षपछि अटो रिक्सा सञ्चालनको मान्यता

सोलुखुम्बुमा पाँच वर्षपछि अटो रिक्सा सञ्चालनको मान्यता

  • 282
    SHARES
  • सोलुखुम्बुमा पाँच वर्षपछि अटो रिक्सा सञ्चालनको मान्यता

    सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यातयात सेवा प्रदान गर्दै आएको अटो रिक्सा (टेम्पो) सञ्चालनका लागि कानुनी प्रक्रिया पूरा भएको छ ।

    अटो रिक्सा सञ्चालनका लागि पहिलो पटक शुक्रबार यातायात कार्यालय ओखलढुंगामा सोलुखुम्बु अटो प्रालि दर्ता भएसँगै जिल्लामा वैधानिक रूपमै अटो रिक्सा (टेम्पो) सञ्चालनको मान्यता पाएको हो ।

    लामो समयको प्रयासपछि कम्पनी दर्ता भएसँगै २०७४ सालदेखि जिल्लामा अवैधानिक रूपमा सञ्चालित अटो रिक्सा वैधानिक रूपमा सञ्चालन गर्ने बाटो खुलेको अटो प्रालिका अध्यक्ष मौजन थुलुङले बताए ।

    व्यावसायिक रूपमा अटो रिक्सा सञ्चालानका लागि कम्पनी दर्ता अनिवार्य भएपनि कानुनी झन्झटका कारण लामो समयदेखि जिल्लामा अटो कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा थिए ।

    आफू अध्यक्षमा चयन भएसँगै अटो रिक्सालाई एकीकृत गरी कानुनी दायरामा ल्याउन लागिपरेको अध्यक्ष थुलुङको भनाइ छ । लामो समयको मेहनत र प्रयासपश्चात् आफूहरूले वैधानिकता पाएको अध्यक्ष थुलुङले जानकारी दिए । हाल जिल्लामा करिब ५० अटो रिक्सा सञ्चालनमा छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij