वेबटिभी खबर
काठमाडौं । मोदी ईनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।
कम्पनीले आयोजना प्रभावित पर्वत जिल्लाअन्तर्गत कुश्मा नगरपालिका ३, मोदी गाउँपालिका ५, मोदी नगरपालिका २, मोदी गाउँपालिका ६ र कुश्मा नगरपालिका ८ का स्थानिय बासिन्दाहरुका लागि उक्त आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजीको २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रूपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको थियो । आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोथेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij