Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

  • 259
    SHARES
  • सुनको मूल्य घट्दा चाँदीको बढ्यो

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रूपैयाँले घटेको छ । अघिल्लो दिन बुधबार प्रतितोला ५०० रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला ३०० रूपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजाररूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी बिहीबार पनि चाँदीको मूल्य १० रूपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ बढेको हो । बुधबार चाँदी प्रतितोला १३ सय ६५ रूपैयाँमा किनबेच भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij