Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मिटरब्याज पीडितसँग प्रधानमन्त्री दाहालले भने : समस्या समाधानमा सरकार गम्भीर भएर लागेको छ

मिटरब्याज पीडितसँग प्रधानमन्त्री दाहालले भने : समस्या समाधानमा सरकार गम्भीर भएर लागेको छ

  • 240
    SHARES
  • मिटरब्याज पीडितसँग प्रधानमन्त्री दाहालले भने : समस्या समाधानमा सरकार गम्भीर भएर लागेको छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेटवार्ता गरेका छन ।

    बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

    भेटमा प्रधानमन्त्री दाहालसमक्ष पीडितले मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेका थिए । उनीहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले समस्या समाधानमा सरकार गम्भीर भएर लागेको बताएका छन् ।

    तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौं आइपुगेका मिटरब्याज पीडित न्याय नपाएसम्म नफर्किने भनेर बसिरहेका छन । उनीहरूसँग गृह मन्त्रालयले तीन चरणको वार्ता गरिसकेको छ ।

    अधिकार सम्पन्न आयोग गठन गर्नुपर्नेलगायतका माग भने गृहमन्त्रालयले सम्बोधन गरिसकेको छ । शुक्रबार उपप्रधानमन्त्री एवम् नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेपछि मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने पहिलो निर्णय गरेको र आउँदो मन्त्रिपरिषद्मा प्रस्ताव लिएर जाने जानकारी दिएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij