वेबटिभी खबर
सप्तरी । सप्तरीको खडक नगरपालिका-७ कल्याणपुर बजारमा मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुवा गम्भीर घाइते भएका छन् ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कल्याणपुर बजारमा बा ३ च ५२९३ नम्बरको कारले को १५ प १९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार उदयपुरको त्रियुगा नगरपालिका-९ बगाहा टोलकी १० वर्षीया बालिका एञ्जिला बस्नेतको मृत्यु भएको हो ।
मोटरसाइकल चालक मृतकका बुबा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका हुन् । घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल,राजविराजमा उपचारका क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए ।
घाइते बाबुको उपचार भइरहेको छ । यता इलाका प्रहरी कार्यालय कल्याणपुरले कार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिराखेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij