वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने भएका छन् ।
बेलायती राजा चार्ल्सको राज्याभिषेक कार्यक्रम सहभागी हुन राष्ट्रपति पौडेल बेलायत जान लागेका हुन् ।
उक्त कार्यक्रममा सहभागी हुन् राष्ट्रपति पौडेल आगामी वैशाख २३ गते बेलायत जान लागेका राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलको यो पहिलो विदेश भ्रमण हुनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij