काठमाडौं । बिर्तामोडस्थित बिएण्ड सी अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईंले जुम्लामा फलेको मार्सी चामलको भात खाँदा आफ्नो चौतर्फी आलोचना भएको बताएका छन् । बिर्तामोडस्थित पुर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटनका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले ०७५ जेठ ३ मा भएको पूर्वएमाले र पूर्वमाओवादी पार्टी एकता गराउने आधारको आफू साक्षी भएको समेत उनले बताए ।
०७४ फागुन ३ मा दुईतिहाइ भन्दा भक्तपुरस्थित प्रसाईंको घरमा पूर्वमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वएमाले अध्यक्ष केपी ओलीबीच भएको पार्टी एकताका लागि ३ बुँदे सहमति गरिएको बताए ।
‘त्यहीबेला मेरो घरमा हामी तीन जनाले जुम्लाबाट ल्याएको मार्सी चामलको भात खायौं । तर मार्सी, माफिया भन्दै मेरो खेदो भयो,’ प्रसाईंले भने । उनले आफूलाई मार्सी, माफिया भन्दै खेदो गर्न पत्रकार, राजनीतिज्ञ, केही लेखकहरू हात धोएर लागेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij