काठमाडौं । बिएण्डसी अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईंले गरिब र आदिवासी विद्यार्थीले डाक्टर पढ्न पाउनु अपराध नभएको बताएको बताएका छन् ।
बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटनका अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रसाईंले निजी शिक्षण अस्पताललाई सरकारले सम्बन्धन दिन नहुने डा.गोविन्द केसीको मागले गरिब र आदिबासी विद्यार्थीले डाक्टर बन्न रोकेको जिकिर गरे ।
‘म डाक्टर केसीलाई भन्न चाहन्छु, के गरिब विद्यार्थीले डाक्टर पढ्न पाउनु अपराध हो ? झापाका आदिवासी विद्यार्थीहरूले डाक्टर पढ्न पाउनु अपराध हो ? किन सरकारलाई सम्बन्धन नदिन माग गरिरहनु हुन्छ ?’ प्रसाईंले प्रश्न गरे ।
उनले स्वास्थ्य शिक्षा सुधारका नाममा डा. केसीले गाउँघरका विद्यार्थीलाई डाक्टर पढाउन रोकेकोसमेत बताएका छन् ।
उनले सरकारको नियम कानुनअनुसार नै अस्पताल सञ्चाएको र वार्षिक ५ लाभन्दा बढीलाई सेवा दिएको ५ अर्ब बढी १० हजारलाई रोजगारी दिएको समेत बताए ।
‘व्यक्तिगत सम्पत्ति दाउमा राखेर मैले नेपालको स्वास्थ्य क्षेत्रमा अर्बौ लगानी गर्नु के अपराध हो ?’ उनले प्रश्न गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij