Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

इ-रिक्सा र टेम्पो चालक महिलालाई सम्मान

इ-रिक्सा र टेम्पो चालक महिलालाई सम्मान

  • 225
    SHARES
  • इ-रिक्सा र टेम्पो चालक महिलालाई सम्मान

    बुटवल । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले आज इ-रिक्सा तथा टेम्पो चालक महिलालाई सम्मान गरेको छ ।

    श्रमिक दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ चालक महिलालाई सम्मान गरेको हो ।

    बुटवल उपमहानगरपालिकामा आयोजित सम्मान कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालकका इ-रिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने बताए ।

    पाण्डेयले इ-रिक्सा र टेम्पो चालक महिलाको बीमा गर्ने गरी तयारी गरिरहेको बताउँदै बुटवलमा महिलालाई प्रोत्साहन गर्नका लागि महिला चालक जनशक्ति उत्पादनमा आगामी वर्षदेखि लगानी गर्ने जानकारी दिए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाईंले इ-रिक्सा चालक महिला आत्मनिर्भर भएको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij