Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

मिटरब्याज पीडित २९ दिनदेखि धर्नामा

मिटरब्याज पीडित २९ दिनदेखि धर्नामा

  • 215
    SHARES
  • मिटरब्याज पीडित २९ दिनदेखि धर्नामा

    काठमाडौं । मिटरब्याज पीडित २९ दिनदेखि धर्नामा बसेका छन् । काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितलाई सरकारले अझै सम्बोधन गर्न सकेको छैन ।

    पटक-पटक बार्ता भएपनि मिटर ब्याज पीडितले धर्नालाई जारी राखेका छन ।

    सरकारले  मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ आयोग समेत बनाएको भएपनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही प्रक्रिया अघिबढाउनु पर्ने माग राख्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका हुन् ।

    २८ दिन देखी धर्नामा बसेका मिटर ब्याँज पीडितलाई भेटनका लागि हिजो पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेका थिए ।

    उनले मिटर ब्याज पीडितहरूको माग राजनीतिक रूपमा सम्बोधन गर्न सुझाव दिएका छन् ।

    सरकारले बनाएको आयोगको कार्यादेश विस्तार गर्ने र शक्तिशाली बनाउने, जाली तमसुकहरू आयोगसमक्ष समर्पण गर्ने वा जफत गर्ने, जाली मुद्दा र धरपकड रोक्ने गरी तुरून्त राजनीतिक निर्णय गर्ने कुरा सरकारले गरोस्’ सो भेटपछि भट्टराईको सुझाव छ ।

    मिटरब्याज पीडितहरूले आफुहरूलाई सरकारले वेवास्ता गरेको गुनासो नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईसमक्ष गरेका थिए । उनीहरू गत चैत २९ गते काठमाडौंमा आई धर्ना सुरु गरेका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij