Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पहिचानवादीले निषेधको राजनीति गर्नु हुँदैन : मन्त्री लिम्बू

पहिचानवादीले निषेधको राजनीति गर्नु हुँदैन : मन्त्री लिम्बू

  • 263
    SHARES
  • पहिचानवादीले निषेधको राजनीति गर्नु हुँदैन : मन्त्री लिम्बू

    विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोशी प्रदेश नामको विरूद्धमा पहिचानवादीले निषेधको राजनीति गर्नु नहुने बताएका छन ।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेशसभाले विविधरूपमा नामकरण गरिसकेको अवस्थामा पहिचानवादीले अधिकार प्राप्तिका लागि हिंसाग्रस्त आन्दोलन छाडि शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध गरे ।

    मन्त्री लिम्बूले नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक जात समुदाय बस्ने फूलबारी भएकाले नेपालीबीच मिलेर बस्ने वातावरण बनाउन गम्भीरतापूर्वक सोच्नुपर्ने सबै पक्षसँग आग्रह गरे।

    मन्त्री लिम्बूले हिंसाग्रत आन्दोलनले मुलुकको विकास गतिलाई ठप्प पार्ने भन्दै यस सम्बन्धमा पहिचानवादी आन्दोलन पक्षले गम्भीरतापूर्वक सोच्नुपर्नेमा जोड दिए । मन्त्री लिम्बूले पहिचानवादीले उठाएका माग सम्बोधन गरेमा मुलुकलाई शान्तिपूर्ण बाटोमा डोर्‍याउन सकिने धारणा राखे ।

    उनले मोरङको बैजनाथपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम ‘गिरिजा प्रसाद’ नामकरण गरी पूर्वाधार निर्माण चाँडै सम्पन्न गर्न संघीय सरकारको आगामी नीति तथा कार्यक्रममा समेटने बताए ।

    खेलकुदका प्रशिक्षकहरू विगत २८ वर्षदेखि एकै पदमा रहेको र सरुवासमेत नभएको अवस्थामा आवश्यक ऐन संशोधन गरी आगामी बजेटपछि व्यवस्थापन गरिने उनले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij