Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

न्यायिक समितिको प्रभावकारी बढाउन सर्लाहीमा अन्तक्रिया 

न्यायिक समितिको प्रभावकारी बढाउन सर्लाहीमा अन्तक्रिया 

  • 305
    SHARES
  • न्यायिक समितिको प्रभावकारी बढाउन सर्लाहीमा अन्तक्रिया 

    सर्लाही । न्यायीक समितिको प्रभावकारीता बढाउन सर्लाहीमा अन्तरक्रिया सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यलयको आयोजना र जिल्लामा क्रियाशिल विभिन्न गैरसरकारी संस्थाहरुको सहकार्यक्रममा कार्यक्रम सम्पन्न भएको मानव अधिकार रक्षक संजाल, सर्लाहीका संयोजक मुकेश मिश्रले जानकारी दिए ।

    कार्यक्रममा सर्लाहीका विभिन्न स्थानीय तहका उपप्रमुखहरुसँग न्यायिक समितिकाे प्रभावकारी कार्यन्वयन, न्यायिक समितिका काम कर्तव्य लगायत बिषयमा छलफल गरिएको हो । सरकारी वकिल कार्यालय, सर्लाहीका जिल्ला न्यायधिवक्ता कैलाश दाहालले स्थानीय तहलाई न्यायिक अधिकार सम्बन्धी जानकारीमुलक स्लाइड प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कौशल किशोर सिंहले स्थानीय तहका न्यायिक समिति प्रमुखहरु विभिन्न राजनितिक पार्टीबाट निर्वाचित भएर आएका कारण सर्वसाधरणले विश्वास गर्न नसकेको बताए । अन्य पार्टीका नागरिकले फरक पार्टीका प्रमुख भएकाले न्याय माग्न नजाने र न्यायिक समितिले समेत पार्टी र जाति भन्दा माथि उठेर काम गर्न नसकेका कारण एक अर्कामाथि अविश्वासको वातावरण सृजना भएको उनको भनाइ थियो । 

    स्थानीय स्तरमा न्यायिक समिति सक्रिय नहुँदा जिल्ला प्रशासन र प्रहरी कार्यालयमा क्षेत्राधिकार बाहिरका उजुरीको ताँती लाग्ने गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । न्यायिक समतिको प्रभावकारी कार्यन्वयन भयो भने कार्यक्षेत्र बाहिरका उजुरी जिल्लामा कम हुने र सर्वसाधरणको न्यायमा पहुँच सहज हुने उनले औंल्याए । 

    कार्यक्रमलाई संजाल सचिव संतोष कर्ण र अध्यक्ष मुकेश मिश्रले संयूक्त रुपमा संचालन गरेको र जिल्ला प्रशासन कार्यलय सर्लाहीका सहायक प्रजिअ होमप्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रमुख नरेशराज सुवेदी, ओरेक नेपाल, सर्लाहीका संयोजक देवकुमारी महरा, राष्ट्रिय दलित कल्याण समाजका संयोजक राजेश पासवान, साप नेपालका प्रतिनिधि मनोज पासवान, नागरिक समाजका अगुवा रजनिकान्त झा, उग्रकान्त झा, शिवचन्द्र चौधरी, महिला अधिकारकर्मी रम्भा झा, इन्सेक प्रनिनिधि बुधन साह, जिल्लाका १४ वटा स्थानीय तहका उपप्रमुख लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij